Logo

बिहिवार, जेठ ५ गते २०७९

images

देउवाविरुद्ध प्रचण्ड र माधव, रामचन्द्र पौडेललाई सभापति बनाउने डिजाइन छताछुल्ल !

देउवाविरुद्ध प्रचण्ड र माधव, रामचन्द्र पौडेललाई सभापति बनाउने डिजाइन छताछुल्ल !

नेपालपाना मंसिर ४ २०७८
  • 6.2K
    SHARES
  • देउवाविरुद्ध प्रचण्ड र माधव, रामचन्द्र पौडेललाई सभापति बनाउने डिजाइन छताछुल्ल !

    काठमाडौं । नेपाली कांग्रेसमा १४औं महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा गर्ने चटारो छ ।

    सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालासम्म उम्मेदवारीको दौडमा छन् ।

    तर पछिल्लो समय सत्ता गठबन्धनका कम्युनिस्ट नेताले रामचन्द्र पौडेललाई सभापति बनाउन उचालेको देखिन्छ । आफ्नो स्वविवेक र रणनीतिभन्दा अरुको लहलहैमा, सल्लाहमा चल्ने रामचन्द्रलाई सभापति बनाउन सकिए कांग्रेसलाई उपयोग गर्न सकिने रणनीतिका साथ गठबन्धनका नेताहरु प्रचण्ड र माधव नेपाल अघि बढेका छन् ।

    कुटनीतिक रुपमा राजनीतिका चतुर खेलाडी देउवालाई आफू अनुकूल चलाउन नसकिने भएकाले प्रचण्ड र माधवले पौडेललाई बलीको बोको बनाउन खोजिरहेका छन् । अहिले सरकारमा पनि देउवा आफ्नै तजबिजीमा अघि बढिरहेका बेला उनलाई कन्ट्रोल गर्न रामचन्द्रलाई अघि सारिएको छ ।

    प्रचण्डकै जोडबलमा पाँच दलीय राजनीतिक समन्वय समिति गठन गरिएको छ । जसको संयोजक पौडेललाई बनाइएको छ । यो समितिले सरकार सञ्चालनका लागि सुझाव दिने भनेको छ ।

    जसको अर्थ प्रधानमन्त्रीको तजबिजी अधिकारमा धावा बोल्नु हो । सरकारलाई नियन्त्रणमा लिने प्रयासपछि प्रचण्ड र माधव अब कांग्रेस पार्टीमा पनि देउवालाई लगाम लगाउन रामचन्द्रलाई उचालिरहेका छन् ।

    आसन्न १४औं महाधिवेशनमा पौडेललाई सभापति निर्वाचित गराउने उनीहरुको डिजाइन छ । जुन शुक्रबारको एक कार्यक्रममा छताछुल्ल भयो ।

    मण्डिखाटारमा पतंजली योगपीठको टेलिभिजन च्यानल उदघाटन कार्यक्रममा माधव नेपालले देउवाविरुद्धको डिजाइन चिप्लेरै भए पनि सार्वजनिक गरे ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, सुजाता कोइराला, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा सम्बोधन गर्ने क्रममा माधव नेपालले रामचन्द्रलाई कांग्रेसको भावी सभापति भने ।

    प्रधानमन्त्री देउवालाई अति सम्माननीय भनेका माधव नेपालले रामचन्द्र पौडेलको नाम सम्बोधन गर्ने क्रममा 'नेपाली कांग्रेसका सभापति… सभापति पो भनेछु’ भने । अगाडि भने, 'भविष्यको हो कि हाम्रो रामचन्द्रजी ।' यसबाट पनि सत्ता गठबन्धनका कम्युनिस्ट नेताको देउवाविरुद्धको रणनीति प्रष्ट हुन्छ ।

    देउवाविरुद्धको डिजाइन फुत्किएपछि माधवले यतिसम्म भनिदिए कि, ‘प्रधानमन्त्रीलाई चिसो पस्ला, तर केही छैन ।' देउवा विरुद्धको डिजाइन फुत्किएपछि माधवले मञ्चमा रहेका देउवालाई चुनौती दिँदै पौडेलको समर्थन लिए ।

    मंसिर ४, २०७८ शनिवार १२:१५:४३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend