Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

लोकप्रिय सांसद प्रदीप यादवको ऐतिहासिक काम, सडक र नाला बनेपछि लालपर्सावासी अब हिलोमा हिँड्न नपर्ने

लोकप्रिय सांसद प्रदीप यादवको ऐतिहासिक काम, सडक र नाला बनेपछि लालपर्सावासी अब हिलोमा हिँड्न नपर्ने

नेपालपाना मंसिर ४ २०७८
  • 4.3K
    SHARES
  • लोकप्रिय सांसद प्रदीप यादवको ऐतिहासिक काम, सडक र नाला बनेपछि लालपर्सावासी अब हिलोमा हिँड्न नपर्ने

    वीरगन्ज । सारा मधेसमै लोकप्रिय मानिन्छन् जसपाका प्रभावशाली नेता एवं सांसद प्रदीप यादव । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित हुन् । कामबाटै लोकप्रियता कमाएका यादव निर्वाचन क्षेत्रमा भएका समस्या समाधानका लागि निरन्तर अग्रसर छन् ।

    यसैक्रममा उनकै अगुवाईमा वर्षौदेखि वीरगंज लालपर्साका स्थानीयले भोग्दै आएको समस्या समाधान भएको छ । सांसद यादवले शनिबार विहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा ढलान गरिएको सडकको उद्घाटन गरेका छन् ।

    सांसद यादवको संसदीय विकास कोषको ३० लाख रुपैयाँबाट लालपर्साको सात सय मिटर सडक ढलान र नाला निर्माण गरिएको हो । लालपर्साको मुख्य सडकदेखि ब्रहमस्थानसम्मको ७ सय मिटर सडक खण्डमा विगतमा जहिले हिलो र पानी जम्ने समस्या रहँदै आएको थियो । लामो समयदेखिको पानी जम्ने समस्याले लालपर्सावासीले सास्ती खेप्दै आएका थिए ।

    वर्षातको समयमा भेडाहा खोलामा बाढी आउँदा उक्त सडकमा लामो समयसम्म पानी जमेर बाटो हिलाम्मे हुने गरेको थियो । पियरी माटोले बाटो पुरिन्थ्यो । सामान्य हिँडडुल गर्न समेत गाह्रो थियो । उक्त सडक खण्ड ढलान भएपछि लालपर्सावासीमा खुसीयाली छाएको छ ।

    सांसद यादवले लालपर्सावासीको समस्यालाई सम्बोधन गर्दै आफ्नो संसदीय विकासको रकमबाट सडक ढलान गरिएको जानकारी दिए । उपभोक्ता समितिमार्फत गरिएको ढलान र नाला निर्माण कार्य इस्टिमेटभन्दा बढी रहेको छ ।

    गाउँको वर्षौदेखिको समस्या समाधान हुने भएपछि स्थानीयले हौँसिएर निर्माण कार्यमा सहयोग गरेका थिए । यसअघि लालपर्साको परसोतीपुरमा सांसद यादवले ४० लाख रुपैयाँको लागतमा नमुना सडक निर्माण गराएका थिए ।

    शनिबारको उद्धघाटन समारोहमा जसपाका इकाई अध्यक्ष दिनानाथ मण्डल, बरमा यादव, युवा नेता मनोज यादव, गगनदेव यादव, रामप्रवेश यादव, मनोज साह कानु, रामप्रवेश कलवार, सन्जीव ठाकुर लगायत सयौँ स्थानीयको उपस्थिति थियो ।

    मंसिर ४, २०७८ शनिवार १३:०८:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदीप यादव

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend