Logo

आइतवार, मंसिर १८ गते २०७९

वीपी, गणेशमान र किसुनजीको सपना पूरा गर्ने प्रकाशमानको अठोट

वीपी, गणेशमान र किसुनजीको सपना पूरा गर्ने प्रकाशमानको अठोट

नेपालपाना मंसिर ४ २०७८
  • 5.6K
    SHARES
  • वीपी, गणेशमान र किसुनजीको सपना पूरा गर्ने प्रकाशमानको अठोट

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताए ।

    ‘किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो । त्यो सपना तपाईहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,’ उनले भने ।

    जनताका प्रतिनिधि भएपछि जस्तोजुकै अवस्था पनि फिट हुनसक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो । साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पढ्नुपर्ने बताए ।

    बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको उनको भनाइ थियो ।

    मंसिर ४, २०७८ शनिवार १३:१३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend