Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

मोदीले भने- लोकतन्त्र भारतको स्वभाव र सहज प्रकृति निहित छ

मोदीले भने- लोकतन्त्र भारतको स्वभाव र सहज प्रकृति निहित छ

नेपालपाना मंसिर ४ २०७८
  • 2.4K
    SHARES
  • मोदीले भने- लोकतन्त्र भारतको स्वभाव र सहज प्रकृति निहित छ

    काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्र भारतको स्वभाव र सहज प्रकृतिमा निहित रहेको बताएका छन्। मोदीले भारतीय स्वतन्त्रताको शताब्दी वर्षलाई मध्यनजर गर्दै आगामी २५ वर्षलाई देशको निम्ति अत्यन्तै महत्त्वपूर्ण भएको बताए। संसद् र विधान सभाहरूका सदस्यहरूलाई कर्तव्यको मन्त्र दिँदै वाद, विवाद, संवाद र समाधानको शैली अपनाउँदै आफ्नो दायित्व पूरा गर्न मोदीले आग्रह गरेका छन्। 

    उनले देशको विकासमा राज्यहरूको भूमिकाहरूको उल्लेख गर्दै भने, ‘लोकतन्त्रमा नागरिकहरू र राज्यहरूको ठुलो भूमिका रहन्छ। हामी यसलाई ‘सबैको प्रयास’ भन्छौँ। यो भारतको प्रकृति हो। 

    हामीले देशलाई नयाँ उँचाइहरूमा लैजानपर्नेछ र आउने वर्षहरूमा असाधारण लक्ष्य हासिल गर्नु छ। यो सङ्कल्प ‘सबैको प्रयास’ ले नै पूरा हुनेछ र लोकतन्त्रमा भारतको सङ्घीय व्यवस्थामा, जब हामी ‘सबैको प्रयास’ को कुरा गर्छौँ, तब सबै राज्यहरूको भूमिका उसको निम्ति एक ठुलो आधार हो।’

    मंसिर ४, २०७८ शनिवार १८:२७:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana