Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

शौचालय जाँदा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु

शौचालय जाँदा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु

नेपालपाना मंसिर ६ २०७८
  • 1.3K
    SHARES
  • शौचालय जाँदा लडेर बुटवलमा वडाध्यक्षको मृत्यु

    काठमाडौँ। बुटवल उपमहानगरपालिका ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर सोमबार अपराह्न मृत्यु भएको छ ।

    लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिदा उनलाई अस्पतालले मृत घोषणा गरेको हो।

    अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए । 

    उनको शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो । उनी क्यान्सरका रोगी भएको बताइएको छ । बस्याल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    मंसिर ६, २०७८ सोमवार २०:४७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana