Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप

काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप

नेपालपाना मंसिर ७ २०७८
  • 947
    SHARES
  • काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप

    काठमाडौं। काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड१९ विरुद्धको खोप लगाउन थालेको छ । अब, १८ वर्षमाथिकाले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौले तोकेका अस्पतालहरु र महानगरका ३२ वटै वडामा गएर खोप लगाउन सकिने भएको हो ।

    यद्यपि, खोप अभियान मंगलबारदेखि सुरु भएको छ भने बुधबार नै सकिने छ । खोप अभियानमा भेरोसेलको पहिलो डोज लगाएर २१ दिन पुगेका व्यक्तिहरुलाई समेत भेरोसेलको दोस्रो डोज लगाउने व्यवस्था मिलाइएको छ ।

    साथै कोभिशिल्ड÷एस्ट्राजेनेकाको पहिलो डोज लगाएर ८ हप्ता पुरा गरेका नागरिकलाई समेत दोस्रो डोज लगाउने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

    नेपाली नागरिकता वा आधिकारिक फोटोसहितको परिचयपत्र, विद्युतीय दर्ता गरेको नम्बरको फोटो वा प्रिन्ट र पहिलो खोप लगाएको कार्डका आधारमा खोप दिइने व्यवस्था मिलाइएको महानगरले जनाएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

    मंसिर ७, २०७८ मंगलवार १८:२९:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काेराेना खाेप

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana