Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

नायिका रेखा थापाले बिहे गर्दै, काे हुन् दुलाहा ?

नायिका रेखा थापाले बिहे गर्दै, काे हुन् दुलाहा ?

नेपालपाना मंसिर ७ २०७८
  • 2.4K
    SHARES
  • नायिका रेखा थापाले बिहे गर्दै, काे हुन् दुलाहा ?

    काठमाडौँ। नेपाली चलचित्र जगतकी पुरानी नायिका रेखा थापाले विवाह गर्ने भएकी छन् । उनले मन मिल्ने मान्छे भेटिसकेको बताउँदै अब, चाँडै बिहे गर्ने बताएकी हुन् ।

    सिनेपाटीसँग अन्तर्वार्तामा बोल्दै उनले यसबारे जानकारी दिएकी हुन् । नायिका थापाले बिहेको प्रश्नमा भनेकी छन्, ‘गर्छु डेफिनेट्ली गर्छु विवाहको एगेन्समा म होइन, मलाई लाग्छ एउटा पुरुषबिना नारी र नारीबिना पुरुष अपूरो हुन्छ, यो सृष्टि चलाउनलाई पनि र एकअर्काको सारथिका हिसाबले पनि । ‘डेफिनेट्ली म एउटा मन मिल्ने र विचार मिल्ने अनि आत्मीयता मिल्ने र, सँगै यात्रामा हिँड्दा सहज महसुस हुने पार्टनर आएपछि आउनेवाला छ, भेटिसक्या छु।’

    यद्यपि, उनले कहिले विहे गर्दैछु भन्नेबारेमा भने जानकारी दिएकी छैनन् । यस्तै उनले आफ्नो मन मिल्ने मान्छे एवं भावी दुलाहाको विषयमा पनि कुनै जानकारी भने दिएकी छैनन् । एक वर्षअघिसम्म मात्रै बिहे भन्नेबित्तिकै डर लाग्ने गरेको बताउँदै उनले अहिले समयसँग परिवर्तन भएको बताएकी छन् ।

    मंसिर ७, २०७८ मंगलवार १८:३७:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana