Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

ओली आफैले राखे भीम रावललाई अध्यक्षमण्डलमा

ओली आफैले राखे भीम रावललाई अध्यक्षमण्डलमा

नेपालपाना मंसिर ७ २०७८
  • 1.8K
    SHARES
  • ओली आफैले राखे भीम रावललाई अध्यक्षमण्डलमा

    काठमाडौँ। चितवनमा मंसिर १० देखि हुन लागेको दसौँ महाधिवेशनका लागि नेकपा एमालेले अध्यक्षमण्डल बनाएको छ। मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्षमण्डल बनाएको हो।

    ओलीको अध्यक्षतामा उपाध्यक्ष भीम रावलसहित ११ जना रहेका छन् ।  यसअघि गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा रावललाई अध्यक्षमण्डलमा राखिएको थिएन। यसपटक भने ओली आफैले उपाध्यक्ष रावललाई अध्यक्षमण्डलमा राखेका हुन् ।

    अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

    मंसिर ७, २०७८ मंगलवार १८:४५:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana