Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

'पाँच वर्ष प्रधानमन्त्री बन्न' प्रचण्डलाई देउवाले प्रस्ताव गरेकाे खुलासा !

'पाँच वर्ष प्रधानमन्त्री बन्न' प्रचण्डलाई देउवाले प्रस्ताव गरेकाे खुलासा !

नेपालपाना मंसिर ७ २०७८
  • 1.8K
    SHARES
  • 'पाँच वर्ष प्रधानमन्त्री बन्न' प्रचण्डलाई देउवाले प्रस्ताव गरेकाे खुलासा !

    काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच वर्ष प्रधानमन्त्री बन्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको प्रचण्ड आफैले बताएका छन् ।

    सभापति देउवाले लेखेरै पाँच वर्ष प्रधानमन्त्री बन्न विगतमा देउवाले गरेको प्रस्ताव अस्वीकार गरेको बताएका हुन् ।

    मंगलबार  पार्टी निकट शिक्षकहरुको सम्मेलनमा बोल्दै प्रचण्डले भने ‘देउवाजीले पाँच वर्ष प्रधानमन्त्रीको प्रस्ताव गर्दा मैंले मानिनँ, पछि मैंले नै देउवाजीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुपर्यो ।’ 

    सिद्धान्तको राजनीतिका लागि देउवाको विगतको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । ‘सबै मन्त्री आफ्नै हुने र प्रधानमन्त्री बन्ने । वैचारिक आस्था जनताको अगाडि गरिएको प्रतिवद्धता र निष्ठाका तोडेर जान मानिनँ,’ प्रचण्डले भने । 

    अहिले घुम्दै देउवाजीलाई प्रधानमन्त्री बनिदिनुहोस् म बाहिर बस्छु भन्ने अवस्था आएको उनले बताएका छन् ।

    मंसिर ७, २०७८ मंगलवार १९:५५:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana