Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

जेके पिपुल्स जस्टिस फ्रन्टद्वारा बारामुल्लाहमा रक्तदान कार्यक्रम

जेके पिपुल्स जस्टिस फ्रन्टद्वारा बारामुल्लाहमा रक्तदान कार्यक्रम

नेपाल पाना मंसिर ८ २०७८
  • 1.2K
    SHARES
  • जेके पिपुल्स जस्टिस फ्रन्टद्वारा बारामुल्लाहमा रक्तदान कार्यक्रम

    बारामुल्लाह । जम्मु काश्मीर पिपुल्स जस्टिस फ्रन्टले जनाव मकबुल शेरवानीको ७५ औं स्मृति दिवसको अवसरमा आइतबार बारमुल्लास्थित सरकारी मेडिकल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

    शेरवानी एक काश्मीर युवा हुन्, जसले पाकिस्तानबाट श्रीनगरमा आक्रमण गर्न आएका आतंककारीहरुलाई प्रतिकार गरेका थिए। उनको स्मृति दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६० युनिटभन्दा बढी रगत संकलन गरिएको थियो। शेरबानीको अस्तु विसर्जन गरिएको बारामुल्लाह क्षेत्रमा नै रक्तदान कार्यक्रम गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

    शेरवानीको योगदानलाई जोड दिँदै फ्रन्टका अध्यक्ष अगा सइद अब्बास रिज्बीले शेरबानी एक असल र निष्ठावान देशभक्त भएको र जम्मु काश्मीरका नागरिकको जीवन बचाउन सहयोग गरेको बताएका छन्।

    उनले राष्ट्रका लागि आफ्नो जीवनको बलिदान गरेको उल्लेख गर्दै कुनै जात, वर्ग, धर्म र रंगका नभनी सरकारले उनको बलिदानीलाई राज्यले कदर गर्नुपर्नेसमेत बताए।

    पाकिस्तानी जिहादीविरुद्ध निहत्था रहेका शेरवानीले नागरिकको जीवन जोगाउनका लागि लडेको उनले बताए। केन्द्र सरकारले उनको योगदानको कदर गर्नुपर्नेसमेत उनले बताए।

    मंसिर ८, २०७८ बुधवार ०८:१४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जम्मू–कश्मीर

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana