Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

प्रदेश-२ को नाम र राजधानी तोक्ने तयारी,प्रदेशसभा बैठक बाेलाइयाे

प्रदेश-२ को नाम र राजधानी तोक्ने तयारी,प्रदेशसभा बैठक बाेलाइयाे

नेपालपाना मंसिर ८ २०७८
  • 848
    SHARES
  • प्रदेश-२ को नाम र राजधानी तोक्ने तयारी,प्रदेशसभा बैठक बाेलाइयाे

    काठमाडौँ । प्रदेश २ मा प्रदेश सभाको ७औं अधिवेशन सम्पन्न भएको झण्डै डेढ महिनापछि ८औं अधिवेशन आह्वान गरिएको छ । प्रदेश २ सभा सचिवालयले आगामी २९ मंसिरमा प्रदेश सभाको ८औं अधिवेशन आह्वान गरेको हो ।

    चार दलीय गठबन्धनको सरकार बनेपछिको पहिलो प्रदेश सभाको अधिवेशनमा प्रदेशको नाम र राजधानी विषयमा पुनः छलफल हुने बताइएको छ । गठबन्धनको दुई तिहाइको सरकार बने पनि प्रदेशको नाम र राजधानीमा अहिलेसम्म सहमति हुन सकेको छैन ।

    सभामुख सरोज कुमार यादवले प्रदेशको नाम र राजधानीका लागि सातौँ अधिवेशनमा प्रदेश सरकारलाई रुलिङ गरेका थिए । तर, पनि अहिलेसम्म दलहरू यो विषयमा सहमत हुन सकेको छैन ।

    यसअघि प्रदेशको नाम र राजधानी सम्बन्धी प्रदेश सभामा प्रस्तुत गरिएको प्रस्ताव असफल भइसकेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश र जनकपुरधाम राजधानी प्रस्ताव गरेको छ । सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेको छ ।

    प्रमुख प्रतिपक्षी दल बनेको लोसपाले मधेस प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा रहने प्रतिबद्धता जनाउँदै आएको छ । तर, अहिले सत्तामा रहेका कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी राजधानीमा सहमत भए पनि प्रदेशको नाममा सहमत हुन सकेको छैन । सत्तामै रहेका माओवादी केन्द्र भने जसपाले नै प्रस्ताव गरेको प्रदेशको नाम र राजधानीमा सहमत हुने संकेत गरिसकेका छन् ।

    मंसिर ८, २०७८ बुधवार २०:४४:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana