Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

दुर्गम कर्णालीको जाजरकोटमा अक्सिजन उत्पादन सुरु

दुर्गम कर्णालीको जाजरकोटमा अक्सिजन उत्पादन सुरु

नेपालपाना मंसिर ८ २०७८
  • 672
    SHARES
  • दुर्गम कर्णालीको जाजरकोटमा अक्सिजन उत्पादन सुरु

    काठमाडौँ। स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा बुधबार पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले अक्सिजन प्लान्टको उद्घाटन गर्दै त्यहाँ आजदेखि नै अक्सिजन उत्पादन सुरु भएको छ ।

    कम्तीमा १० वर्षसम्म प्लान्टबाट दैनिक ४० भन्दा बढी अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न सकिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । ८० लाखमा खरिद गरिएको उक्त प्लान्टले छिमेकी जिल्लालाई समेत राहत पुग्ने बताइएको छ ।

    विभिन्न समयमा समस्याले गाँजिएको जाजरकोटमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भारी सुधारका संकेतसमेत देखिएका छन् । ५० सैय्याको जिल्ला अस्पतालका नयाँ संरचना निर्माणसमेत जारी रहेको छ ।

    मंसिर ८, २०७८ बुधवार २०:५१:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana