Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

लागे ओली चितवन

लागे ओली चितवन

नेपालपाना मंसिर ८ २०७८
  • 1.5K
    SHARES
  • लागे ओली चितवन

    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीको १० औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार (भोलि) चितवन जाने भएका छन् । निकै गर्मिलाे माहाेल बनाएर महाधिवेशनका लागि ओली चितवन तिर लागेका हुन् । महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे उनी भरतपुर जाने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।

    भरतपुर पुगेर ओली दिउँसो साढे १२ बजे एमाले निकटको नेपाल बुद्धिजीवि परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

    सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने बताइएको छ ।

    मंसिर ८, २०७८ बुधवार २०:५४:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana