Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

प्रचण्डसँग एकताबारे विप्लवले गरे घोषणा

प्रचण्डसँग एकताबारे विप्लवले गरे घोषणा

नेपालपाना मंसिर ८ २०७८
  • 37.4K
    SHARES
  • प्रचण्डसँग एकताबारे विप्लवले गरे घोषणा

    काठमाडाैँ। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)सँग तत्काल एकता सम्भव नभएको घोषणा गरेका छन्। 

    बुधबार बेनीमा मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएका हुन् ।

    ‘बाहिर हल्ला चलेको छ प्रचण्ड र विप्लव विचमा एकता हुँदै छ’, उनले भने, ‘एकता र सहकार्यको लागि नयाँ विचार, लक्ष्य र उद्देश्यका विषयमा छलफल हुनुर्छ ।’

    उनले थपे, ‘एकता आवश्यक छ तर पद र स्वार्थको लागि मात्र होइन । जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्त राखेका छौं ।’ सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले गुनासो व्यक्त गरे ।

    तीन बुँदे सहमतिलाई लिएर भ्रामक हल्ला फैलाइएको भन्दै उनले भने, ‘उतिखेर बाहिर हल्ला चल्यो केपीसँग मिल्यो रे अब त गृहमन्त्री बन्ने रे १ व्यक्तिगत स्वार्थको लागि तीन बुँदे सहमति भएको होइन् ।’

    मंसिर ८, २०७८ बुधवार २१:०९:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विप्लव

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana