Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

कैलाली–५ मा धनगढीका मेयर काँग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

कैलाली–५ मा धनगढीका मेयर काँग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

नेपालपाना मंसिर ८ २०७८
  • 936
    SHARES
  • कैलाली–५ मा धनगढीका मेयर काँग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

    काठमाडौँ। धनगढी उपमहानगरका मेयर नृप वड कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    जिल्ला प्रचार प्रसार समिति संयोजक नृप सुनारका अनुसार वडले ५२८ मतमध्ये ३७७ मत ल्याएका छन् । यस्तै कैलाली जिल्लाका काँग्रेस सभापतिसमेत रहेका नरनारायण शाह ३६२ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

    महाधिवेशन प्रतिनिधिमा विजयी हुने अन्यमा क्षितिज भण्डारी, प्रकाश देउवा, डिल्लीराज पन्त, गणेश देउवा, कृष्ण बहादुर महरा, नारायण भट्ट, उद्धव बिष्ट र हरिश खड्का छन् । प्रत्यक्ष महिलातर्फ डम्बरी महरा, निपा चोखाल, पुष्पा भट्ट, रिता भण्डारी विजयी भएका छन् । समावेशी अपाङ्ग तथा मधेसीमा धर्मराज ओझाले २२४ मत ल्याएर विजयी भएको सुनारले जनाए ।

    मंसिर ८, २०७८ बुधवार २१:१६:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana