Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

वीपीको बाटोमा कांग्रेस : मधेशी समुदायका अशोक हिमाली जिल्लाबाट बने महाधिवेशन प्रतिनिधि, पार्टीमा देखियो समानता

वीपीको बाटोमा कांग्रेस : मधेशी समुदायका अशोक हिमाली जिल्लाबाट बने महाधिवेशन प्रतिनिधि, पार्टीमा देखियो समानता

नेपाल पाना मंसिर ९ २०७८
  • 3.7K
    SHARES
  • वीपीको बाटोमा कांग्रेस : मधेशी समुदायका अशोक हिमाली जिल्लाबाट बने महाधिवेशन प्रतिनिधि, पार्टीमा देखियो समानता

    काठमाडौं । नेपाली कांग्रेसमा संस्थापक विश्वेश्वरप्रसाद कोइरालाले देखेको एउटा सपना थियो, ‘मधेसी र पहाडीको समानता’ ।

    २०१५ सालमा वीपीले ‘मधेशबाट पहाडी र पहाडबाट मधेशीले चुनाव जितेको दिन नेपालमा प्रजातन्त्र बलियो हुने’ धारणा राखेका थिए । वीपीको यो धारणालाई आत्मसात गरेको छ शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले ।

    वीपीकै पालमा यो कुरा सम्भव हुन नसके पनि वीपीका शिष्य देउवाको पालमा सोलुखुम्बुबाट यो स्थापित भएको छ । विश्वकै अग्लो शिखर सगरमाथा भएको हिमाली जिल्ला सोलुखुम्बुबाट मधेसी मुलका व्यक्ति महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

    मधेसबाट पहाडी मुलका व्यक्ति यसअघि नै चुनिए पनि जनजातिको बाहुल्यता रहेको हिमाली जिल्लाबाट पहिलोपटक मधेसी समुदायका व्यक्ति पार्टीमा निर्वाचित भएका हुन् ।

    मधेशी समुदायका अशोक झा सोलुखुम्बुबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनको पुर्खौली घर मधेस हो । बुवा बसाई गरेर सोलु गएका थिए । कांग्रेसमा हिमाली जिल्लाबाट महाधिवेशन प्रतिनिधि चुनिने झा एकमात्रै मधेशी समुदायका प्रतिनिधि बनेका छन् ।

    नेपाल तरुण दलको जिल्ला अध्यक्षसमेत रहेका झा कांग्रेस विधान अनुसार अल्पसंख्यक तर्फबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धी कान्छीराज थुलुङलाई पराजित गरे । हिमाली जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न पाउँदा खुसी लागेको झाले बताए ।

    वीपीले भनेझै जात नभएर मेरो राजनीतिक क्रियाशीलता हेरेर मतदाताहरुले न्याय गरेको उनको भनाइ छ । उनले कांग्रेसभित्र राजनीति गर्न र अवसर प्राप्त गर्न जात वा पहिचानले बाधा नगर्ने सन्देश दिएको पनि बताए ।

    मंसिर ९, २०७८ बिहिवार ०९:२५:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अशोक झा

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana