Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

सभापति ताकेका प्रकाशमानलाई पहिलो गाँसमै धक्का, खास मान्छे नै नराम्रोसँग हारे

सभापति ताकेका प्रकाशमानलाई पहिलो गाँसमै धक्का, खास मान्छे नै नराम्रोसँग हारे

नेपाल पाना मंसिर ९ २०७८
  • 6.9K
    SHARES
  • सभापति ताकेका प्रकाशमानलाई पहिलो गाँसमै धक्का, खास मान्छे नै नराम्रोसँग हारे

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका स्वकीय सचिव (पीए) यूपी लामिछाने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

    नेविसंघका पूर्वप्रवक्ता समेत रहेका लामिछानेलाई काठमाडौं क्षेत्र नं. २ मा उपेन्द्र कार्की समूहले पराजित गरेको हो । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कार्कीले सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधानको समूहबाट उम्मेदवारी दिँदै छन् । ५१७ मतमा लामिछानेले जम्मा २०७ मत पाएका थिए ।

    क्षेत्र नं. २ मा देउवा समूहले २२ जना महाधिवेशन प्रतिनिधि जितेको छ । प्रकाशमान सिंह समूहले प्रतिमा गौतम, दीपक कुइँकलसहित जम्मा ४ जना महाधिवेशन प्रतिनिधि जितेका छन् ।

    कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमान सिंहका आफ्नै पीए लामछिाने महाविधेशन प्रतिनिधिमा नराम्रोसँग पराजित भएका छन् ।

    मंसिर ९, २०७८ बिहिवार १२:१०:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana