Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

प्रधानन्यायधीशविरुद्ध आन्दोलनरत बारका पदाधिकारीलाई देउवाले बोलाए बालुवाटार

प्रधानन्यायधीशविरुद्ध आन्दोलनरत बारका पदाधिकारीलाई देउवाले बोलाए बालुवाटार

नेपालपाना मंसिर ९ २०७८
  • 1.9K
    SHARES
  • प्रधानन्यायधीशविरुद्ध आन्दोलनरत बारका पदाधिकारीलाई देउवाले बोलाए बालुवाटार

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका अछन् । प्रधानमन्त्री देउवाले शुक्रबार (भोलि)बिहान साढे १० बजेका लागि छलफलमा बोलाएका हुन् ।

    प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न भूमिका खेल्न आग्रह गर्ने बताइएको छ ।

    त्यस्तै बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई गत सोमबार बुझाएको धारणापत्र प्रधानमन्त्रीलाई पनि बुझाउने नेपाल बारले जनाएको छ ।

    प्रधानन्यायाधीश जबराका कारण सिंगो न्यायालय बन्धक बनेको र उनलाई पदच्युत नगरेसम्म बारको आन्दोलन रोकिने छैन भनेर प्रधानमन्त्री देउवालाई जानकारी गराइने नेपाल बारले जनाएको छ ।

    मंसिर ९, २०७८ बिहिवार २०:००:०० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana