Logo

शुक्रवार, माघ ७ गते २०७८

images

 र्‍यापर भिटेन ‘रत्नपार्क’का अभिनेता

 र्‍यापर भिटेन ‘रत्नपार्क’का अभिनेता

नेपालपाना मंसिर ९ २०७८
  • 2.2K
    SHARES
  •  र्‍यापर भिटेन ‘रत्नपार्क’का अभिनेता

    काठमाडौं । फिल्म ‘रत्नपार्क’बाट र्‍यापर भिटेन अर्थात् (समीर घिसिङ) अभिनेता बन्ने भएका छन् । नवराज गिरीले निर्माण गर्न लागेका ‘रत्नपार्क’को कथामा एक जना मानिसले बाँच्नका लागि गर्ने विभिन्न किसिमका संघर्षका कथालाई प्रस्तुत गरिने बताइएको छ । यो कथा लेखन पनि नवराजकै रहेको छ ।

    यस फिल्मका लागि निर्माता नवराजले तीन जना निर्देशक फेरिसकेका छन् । लिखित सम्झौता भएपछि मात्र बाँकी कलाकार र निर्देशकको नाम सार्वजनिक निर्माता गिरीको योजना रहेको छ । र्‍यापर भिटेन बाहेक अन्य कलाकारहरु व्यावसायिक नै हुने उनको भनाइ छ । कथा पढेर नै भिटेन फिल्ममा काम गर्न उत्सुक भएका बताइएको छ ।

    भिटेन पनि फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित भएको बताउँछन् । भिटेनले वर्कशपमा लिने समयको आधारमा फिल्मको छायाङ्कन कहिलेबाट शुरु हुन्छ भन्न सकिने निर्माता गिरीको भनाइ छ ।

    मंसिर ९, २०७८ बिहिवार २०:०४:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana