Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

छाङरु र तिंकरको जनगणना गरेर हेलिकोप्टरमार्फत टोली खलंगा फर्कियो

छाङरु र तिंकरको जनगणना गरेर हेलिकोप्टरमार्फत टोली खलंगा फर्कियो

नेपालपाना मंसिर ९ २०७८
  • 2.3K
    SHARES
  • छाङरु र तिंकरको जनगणना गरेर हेलिकोप्टरमार्फत टोली खलंगा फर्कियो

    दार्चुला। दार्चुलाको ब्यास गाउँपालिका १ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । 

    ३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो ।

    जनगणना टोली ६ मंसिरमा छाङरु पुगेर जनगणना सुरू गरेको थियो । टोली तीन दिनमा छाङरु र तिंकरगाउँमा जनगणना गरी बिहीबार खलंगा फिर्ता भएको हो ।

    जनगणना गर्न जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर गएका थिए । दुम्लिङबाट एक जना स्थानीय बाटो देखाउने मान्छे लगेर गएका थिए ।

    टोली खलंगाबाट पहिलो दिन ब्यास गाउँपालिका २ दुम्लिङ, दोस्रो दिन थी र तेस्रो दिन बुदीमा बास बसेको र चौथो दिन छाङरु पुगेको हो । ‘

    मंसिर ९, २०७८ बिहिवार २०:५४:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana