Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

इन्टरपोलको अध्यक्षमा युएईका विवादास्पद जनरल नियुक्त

इन्टरपोलको अध्यक्षमा युएईका विवादास्पद जनरल नियुक्त

नेपालपाना मंसिर ९ २०७८
  • 2.0K
    SHARES
  • इन्टरपोलको अध्यक्षमा युएईका विवादास्पद जनरल नियुक्त

    काठमाडौँ। युनाइटेड अरब एमिरेट्स (युएई)को सैन्य बलका प्रमुख समेत रहेका अहमद नासेर अल रैसी इस्तानबुलमा भएको महासभामार्फत इन्टरपोलको अध्यक्षमा चुनिएका छन् ।

    फ्रान्स र टर्कीमा केही महिनाअघि रैसीविरुद्ध यातनाको उजुरी परेका रैसीले अब चार वर्षको कार्यभार सम्हाल्ने भएका हुन् ।

    पछिल्लो समय युएईले इन्टरपोललाई राम्रो आर्थिक सहयोगगरेपछिको अवस्थामा उनी इन्टरपोलको अध्यक्षमा चुनिएका हुन् । ११ नोभेम्बरमा तीन युरोपेली संसद्का सदस्यहरूले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनलाई पत्र लेख्दै जनरलको नियुक्तिले इन्टरपोलमा पार्ने प्रभावबारे चेतावनी समेत दिएका थिए ।

    मंसिर ९, २०७८ बिहिवार २१:००:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana