Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

कोरोनाको नयाँ भेरिअन्टले विश्वमा हलचल, झन ठूलो उत्पात मच्चिने चिन्ता

कोरोनाको नयाँ भेरिअन्टले विश्वमा हलचल, झन ठूलो उत्पात मच्चिने चिन्ता

नेपालपाना मंसिर ११ २०७८
  • 2.5K
    SHARES
  • कोरोनाको नयाँ भेरिअन्टले विश्वमा हलचल, झन ठूलो उत्पात मच्चिने चिन्ता

    काठमाडौँ। दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रूप ‘ओमिक्रोन’ देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सहित विश्व नै चिन्तामा परेको छ। खासगरी यो भेरिअन्ट धेरै खतरनाक तरिकाको रहेको पाइएपछि फेरि महामारीले उत्पात मच्चाउने होकी भन्ने चिन्तामा विश्व परेको हो ।

    यसबिच बेलायत, अमेरिकी, युरोपेलीमुलुकलगायतका देशले दक्षिण अफ्रिकासहित अफ्रिकाका ७–८ देशका विमान र यात्रुलाई प्रवेशमा रोक लगाउन थालेका छन्। दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट आउने उडानमा प्रतिबन्ध लगाइएको हो। 

    जापान, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनपनि प्रतिबन्ध लगाइसकेका छन् । नयाँ भेरिएन्टको जोखिमका कारण भारतले पनि अफ्रिका, बोत्सवाना र हङकङबाट आउने यात्रुलाई पहिलेभन्दा बढी कडाइका साथ स्क्रिनिङ गरिने घोषणा गरेको छ। नेपाललेसमेत दक्षिण अफ्रिकाबाट आउनेलाई कडाइमा राख्ने निर्णय गरिसकेको छ ।

    मंसिर ११, २०७८ शनिवार १९:२२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana