Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

कांग्रेस महाधिवेशन : मजबुत बन्दै संस्थापन पक्ष, पाैडेलकाे गृह प्रदेश गण्डकीमा देउवाकाे बहुमत

कांग्रेस महाधिवेशन : मजबुत बन्दै संस्थापन पक्ष, पाैडेलकाे गृह प्रदेश गण्डकीमा देउवाकाे बहुमत

नेपालपाना मंसिर ११ २०७८
  • 9.5K
    SHARES
  • कांग्रेस महाधिवेशन : मजबुत बन्दै संस्थापन पक्ष, पाैडेलकाे गृह प्रदेश गण्डकीमा देउवाकाे बहुमत

    काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा संस्थापन (शेरबहादुर देउवा)पक्ष बलियो हुँदै गएको संकेत देखिएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश गण्डकीमै पनि महाधिवेसन प्रतिनिधिमा देउवा पक्ष बहुमतमा देखिएको हो । 

    हालै सम्पन्न गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा भएको क्षेत्रीय अधिवेशनमा दुई सय २७ देउवा पक्ष र एक सय ९८ देउवा इतरका महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 

    पौडेलको आफ्नै गृह जिल्ला तनहुँमा समेत देउवा पक्षकै अग्रता देखिएको छ । केन्द्रिय सदस्यहरु शंकर भण्डारी र गोविन्द भट्टराई र आमन्तित्र केन्द्रय सदस्य नेता ध्रुब वाग्लेसमेत देउवा पक्षमा एकढिक्का भएर उभिएपछि महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अल्पमतमा परेको हो । 

    दुई क्षेत्र रहेको तनहुँमा देउवा पक्षमा स्पष्ट २८ र पौडेल पक्षमा भने २२ मत मात्र आएको छ । उता स्याङजामा भने बराबरीको अबस्था देखिएको छ । स्याङजाका दुबै क्षेत्रमा गरी २५–२५ को अबस्था रहेको जानकारीमा आएको छ । 

    गोर्खामा पनि संस्थापन पक्ष नै बलियो देखिएको छ । दुई क्षेत्र भएको गोरखामा संस्थापन पक्षको ३२ प्रतिनिधि देखिएको छ भने इतर समूहको १८ मत रहेको छ । गोरखामा चिनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र निवर्तमान सभापति हरि घले देउवा समूहको हस्तीका रुपमा चिनिन्छन् । 

    गण्डकीमा जिल्ला सभापतिमा पनि देउवा पक्षले बहुमत सुरक्षित गरेको छ । यता एउटा क्षेत्र रहेको मनाङमा देउवा पक्षमा २४ मत र संस्थापन इतर समूहमा १ मत मात्र आएको छ । मनाङमा झण्डै ‘क्लिन स्विप’ को अबस्था रहेको हो । मनाङमा पूर्व मन्त्री पाल्टेन गुरुङ र टेकबहादुर गुरुङ देउवा पक्षका पिल्लर मानिन्छन् ।  अर्को हिमालपारीको जिल्ला मुस्ताङमा भने देउवा पक्ष केही कमजोर देखिएको छ । यद्यपी सभापति रोमी गौचननै देउवा पक्षमा आउने सम्भावना भएकोले त्यो अवस्थामा क्लिन स्पिनै हुने पनि छ । 

    म्याग्दीमा पनि देउवा पक्षको १८ र देउवा इतरको सात जना मात्रै महाधिवेशन प्रतिनिधि आएका छन् । म्याग्दिमा एउटा मात्रै क्षेत्र रहेको छ  एउटै क्षेत्र रहेको पर्वतमा पनि संस्थापन पक्षले २० महाधिवेशन प्रतिनिधि आफ्नो पोल्टामा पारेको छ । केन्द्रिय नेता अर्जुन जोशीलगायतका नेता देउवा समूहका हस्ती मानिन्छन् । 

    बागलुङ र लमजुङमा भने संस्थापन समूह थोरै मतले पछाडि देखिएको छ । बागलुङका दुई क्षेत्रमा गरी संस्थापन समूहको १५ महाधिवेशन प्रतिनिधि चुनिँदा इतर समूहले भने ३५ प्रतिनिधि हात पारेको छ । लमजुङमा पनि संस्थापन समूहले दश प्रतिनिधि पाउँदा इतर समूह १५ प्रतिनिधिसहित बहुमतमा छ । कास्कीका ७५ महाधिवेशन प्रतिनिधिमा इतर समूह केही अगाडी छ । 

    तर तिन क्षेत्रका ७५ प्रतिनिधिमध्ये ३२ जना संस्थापन पक्षका हुन् । तर सिटौला र शेखर कोइरालाका पनि छुट्टाछुट्टै प्रतिनिधि रहेकाले कास्कीमा पनि देउवा समूह नै झिनो मतले अगाडी देखिएको छ । दुई क्षेत्र रहेको नवलपुरमा पनि आधा–आधीको अवस्था देखिएको छ । दुई–तीन मत मात्र यताउता हुनसक्ने अबस्था रहेको जानकारीमा आएको छ ।  

    गण्डकीका दश जिल्लामध्ये सात जिल्ला सभापतिको निर्बाचन परिणाम सार्वजनिक भइसकेको छ । तनहुँ, कास्की र बागलुङको सभापति चयन प्रक्रिया जारी छ ।

    जसमध्ये मनाङ, लमजुङ, पर्वत र म्याग्दीका सभापति देउवा पक्षमा देखिएको छ । स्याङजामा निर्वाचित सभापति राजु थापा केन्द्रमा सभापति देउवा निकट मानिन्छन् भने मुस्ताङ र गोर्खामा निर्बिरोध चयन भएका सभापतिहरुको पनि देउवातिरै झुकाव देखिएको छ । 

    मंसिर ११, २०७८ शनिवार १९:३५:३२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana