Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

एमालेमा ओलीको नेतृत्व खलबलियो, बन्दसत्रबाट गरे सहयोगको अपिल

एमालेमा ओलीको नेतृत्व खलबलियो, बन्दसत्रबाट गरे सहयोगको अपिल

नेपालपाना मंसिर ११ २०७८
  • 2.3K
    SHARES
  • एमालेमा ओलीको नेतृत्व खलबलियो, बन्दसत्रबाट गरे सहयोगको अपिल

    काठमाडौँ। यतिबेला नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेसन चलिरहेको छ । पार्टीमा अध्यक्ष ओलीले आफ्नै रणनीति अनुसार पदाधिकारीहरु याताउती मिलाएर आफ्नै नेतृत्वमा पार्टीलाई अगाडि बढाउन खोजेको देखिन्छ ।

    यद्यपि, ओलीको यो रणनीति विपरित नेताहरुले उम्मेदवारी घोषणा गरेपछि ओली केही अत्तालिएको संकेत देखिएको छ । ओलीले सहयोगको आह्वान समेत गरिसकेको छन् ।

    दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले ‘पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च समझदारी, व्यापक सहमति र सुदृढ एकता’ पार्टीको नीति भएको र दशौं महाधिवेशनबाट गर्न चाहेको भन्दै उनले आफूलाई सहयोग गर्न भन्दै आग्रह गरेका हुन् ।

    दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले नेताहरुलाई फेरि पनि पालो आउने भन्दै आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् । एकतावद्ध पार्टी अहिलेको आवश्यकता भएको भन्दै उनले संघर्ष, बलिदान र अनुभवबाट खारिएर आएकाहरुले काँचो व्यवहार देखाउन नहुने बताए । ‘अब पनि हाम्रा व्यवहार सामूहिकतातर्फ उन्मुख भएन भने हामीले सफलता प्राप्त गर्न सकौंला रु,’ उनले सहभागीहरुलाई प्रश्न गरेका छन् ।

    मंसिर ११, २०७८ शनिवार २०:०८:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana