Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव एमालेकाे बन्दसत्रबाट पारित

पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव एमालेकाे बन्दसत्रबाट पारित

नेपालपाना मंसिर ११ २०७८
  • 1.9K
    SHARES
  • पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव एमालेकाे बन्दसत्रबाट पारित

    काठमाडौँ। चितवनमा जारी १० औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव पारित गरेसँगै गत महिना भएको एमालेको विधान महाधिवेशनले पारित गरेको विधान संशोधन हुने भएको छ ।

    नयाँ व्यवस्था अनुसार अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । जसमा १९ जना पदाधिकारीहरु रहनेछन् । शुक्रबार राति बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको थियो । विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको थियो । त्यसमा अब ७६ जना थप्ने निर्णय भएको हो ।

    यस्तै, पदाधिकारी संख्या १५ बाट १९ पुर्‍याइएको छ । उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थपिने भएको हो । यस्तै बन्दसत्रले ९९ सदस्यीय पोलिटब्यूरोको प्रस्ताव पनि पारित गरेको छ ।

    नेताहरुको व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो । 

    मंसिर ११, २०७८ शनिवार २०:१६:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana