Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

महाधिवेसनको प्रारम्भिक परिणाम : देउवालाई पहिलो चरणमै बहुमत 

महाधिवेसनको प्रारम्भिक परिणाम : देउवालाई पहिलो चरणमै बहुमत 

नेपालपाना मंसिर ११ २०७८
  • 24.5K
    SHARES
  • महाधिवेसनको प्रारम्भिक परिणाम : देउवालाई पहिलो चरणमै बहुमत 

    काठमाडौँ। नेपाली काँग्रेसको १४औं महाधिवेशन  का लागि स्थानीय वडा तहदेखि नै काँग्रेसका सक्रिय क्रियाशील सदस्यहरु विभिन्न पदमा उम्मेदवार भएर भोट माग्नेक्रमले देशव्यापी राजनीतिक सरगर्मी बढाएको छ ।

    कतिपय जिल्लामा वडादेखि जिल्ला अधिवेशन सम्पन्न भएर जिल्ला, निर्वाचन क्षेत्र, गाउँ तथा नगरपालिकामा नेतृत्व चयन गरिसकेका छन्, भने कतिपय ठाउँमा मतपरिणाम आउनेक्रम जारी छ । 

    यसबीच काँग्रेसको मतपरिणामलाई विभिन्न कोणबाट व्याख्या गर्ने र केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका आकाँक्षीहरुले आफ्नो पक्षमा के कति मत प्राप्त होला भन्ने आँकलन र जोडघटाउ गरिरहेका छन् । 

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उठ्ने तयारी गरेपछि सभापतिका आकाँक्षी अन्य नेताहरुमाझ छटपटी देखिएको छ ।

    सभापति देउवाले आफू अन्तिम पटकका लागि उम्मेदवार बन्न चाहेको र आफूले आगामी तीनै तहको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

    राजनीतिक रुपमा कठिन मोडमा देश पुगेको अवस्थामा पनि आफू हारेर देशलाई सही मार्गमा लैजान सफल भएका देउवाको यो भनाईको प्रतिवाद कसैले गरेका छैनन् । 

    पार्टीभित्र र देशका अन्य प्रमुख राजनीतिक दलसँग राम्रो सुझबुझ र सहकार्यको वातावरण निर्माणमा पनि देउवाको कार्यकुशलता कतै छिपेको छैन । तर नेपाली काँग्रेस पार्टीभित्रैका कतिपय वरिष्ट नेताहरुले गरिरहेको लगातार र एकोहोरो असहयोगका बाबजूद जिल्लामा भइरहेका निर्वाचनमा सभापति देउवालाई कार्यकर्ता तहबाट राम्रो रेस्पोन्स प्राप्त भइरहेको छ ।


    सबैलाई थाहा छ, महाधिवेशनमा देशभरबाट चुनिएर आउने झण्डै चार हजार ५०० महाधिवेशन प्रतिनिधिको भूमिका महत्वपूर्ण हुनेछ । पछिल्ला मत परिणामले सभापति देउवा निकै प्रभावशाली र प्रबल उम्मेदवार हुनेमा कुनै शंका देखिन्न ।

    सभापतिको दौडमा रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा शेखर कोइराला, डा शशांक कोइराला र प्रकाशमान सिंह पनि छन् । तर हालै जिल्ला जिल्लाबाट आएका परिणामहरु र केही सर्वेक्षणले पहिलो चरणमै देउवाले ५० प्रतिशतको सीमारेखा पार गर्ने सम्भावना देखाएका छन् । 


    हालसम्मको चुनावी मतपरिणाम हेर्दा देउवाको पछिपछि रामचन्द्र पौडेल देखिएका छन् । तेस्रो स्थानमा डा शेखर कोइराला, चौथोमा प्रकाशमान सिंह र पाँचौंमा शशांक कोइराला छन् । प्रदेश २ को प्रारम्भिक नतिजामा नेता विमलेन्द्र निधि गृहजिल्ला धनुषामै अत्यन्त कमजोर अवस्थामा पुगेका छन् ।

     

    यो परिणाम हेर्दा लाग्छ, निधिले देशभरबाट बढीमा ३०० मत प्राप्त गर्न पनि निकै कठिन छ । पार्टी सभापति शेरबहादुर देउवासँग “ब्रेकअप” गरेको घोषणा गरेका निधिले प्रकाशमान सिंहको बराबरी पनि मत ल्याउन नसक्ने आँकलन गरिएको छ । यो अवस्थामा निधिले आफ्नो राजनीतिक विराशत जोगाउन कठिन मात्र होइन, राजनीतिक संकटको भूमरीमा स्पष्ट होमिएको देखिन्छ । तर आजसम्मको अवस्था हेर्दा निधिसामु यो संकटको मोचनका भरपर्दा उपाय देखिन्नन् । जबकि उनी कहिले प्रकाशमान त कहिले कोइराला क्याम्पसम्म सहयोगको याचना गरेर पुगिरेहका भने देखिन्छन् । 


    आजभोलि आफ्ना राजनीतिक गतिविधि र सचिवालय लगभग बन्द गरिसकेका डा शशांक कोइरालाले सभापति देउवासँग पटकपटक वार्ता गरिरहेका खबर आइरहेका छन् । शशांकले यसपटक सभापति देउवालाई नै सघाउने सम्भावना छ, र त्यसको घोषणा हुन मात्र बाँकी छ ।

     

    शशांकले डा शेखरलाई सघाउने सम्भावना रहला रु यो प्रश्नको उत्तर शशांकले यसअघि नै दिइसकेका छन् । डा शेखरले एक्लै चुनाव जित्न नसक्ने बताउँदै आएका डा शशांकले त्यस्तो अवस्थामा शेखरले देउवालाई सरक्क सभापति छाडिदिए हुने जिकिर गरेका छन् । 


    कतिपय संचार माध्यमले देउवा र पौडेल पक्षका सभापति भन्दै समाचार प्रवाहित गरिरहेका छन् जसमा पौडेल पक्ष बढी रहेको भनेका छन् । तर जानकारहरुका अनुसार, त्यसमा आँशिक मात्र होइन, पूर्णतः सत्यता छैन । किनभने पौडेल पक्ष एक्लो छैन । त्यसभित्र रामचन्द्र सहित डा शेखर र डा शशांक पनि मिसिएका छन् ।

    बरु, देउवा पक्षका सभापतिहरु एकै ठाउँमा गोलबद्ध देखिएका छन् । र महाधिवेशन प्रतिनिधिमा पनि यस्तै अवस्था छ । अहिले देउवा पक्षका भनेर आएका सभापतिहरु बिशुुद्ध देउवाकै हुन् तर उता पौडेल पक्ष भनिएकाहरु रामचन्द्र पौडेल, शशांक, प्रकाशमानका पनि हुन् । त्यसैले यही परिणामहरु हेर्ने हो भने पनि आजसम्मको अवस्थामा पहिलो चरणमै ५० प्रतिशतको सीमारेखा पार गर्न देउवालाई गाह्रो देखिँदैन । 


    जिल्लागत रुपमा देउवा पक्षले पौडेल पक्षको भन्दा झण्डै दोब्बर स्थानमा पार्टी सभापति जितेको छ । देउवा पक्षले ताप्लेजुृङ, पाँचथर, ओखलढुंगा, इलाम, रामेछाप, मनाङ, म्याग्दी, पर्वत, लमजुङ, स्याङ्जा, रुकुम पूर्व, रुपन्देही, नवलपरासी पश्चिम, डोल्पा, जुम्ला, मुगु, सल्यान, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, बझाङ, डोटी, डडेलधुरा समेत २३ जिल्लामा सभापतिमा विजय हासिल गरेको छ । रामचन्द्र पौडेल पक्षले भने संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, दोलखा, मुस्ताङ, अर्घाखाँची, प्युठान, रोल्पा, पाल्पा, कालीकोट, बाजुरा र बैतडी समेतका १३ जिल्लामा मात्र सभापतिमा बाजी मारेको छ । यसबाट सभापति देउवाको पकट नै बलियो देखिएको छ ।

    मंसिर ११, २०७८ शनिवार २०:३०:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana