Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

भीम रावललाई रोक्न यस्तोसम्म गरे ओलीले, बन्दसत्रमा बाझाबाझ

भीम रावललाई रोक्न यस्तोसम्म गरे ओलीले, बन्दसत्रमा बाझाबाझ

नेपाल पाना मंसिर १२ २०७८
  • 3.2K
    SHARES
  • भीम रावललाई रोक्न यस्तोसम्म गरे ओलीले, बन्दसत्रमा बाझाबाझ

    चितवन । नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल आक्रोसित बनेका छन् ।

    एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन नपाइनेगरी पदाधिकारी र केन्द्रीय सदस्य छनोट गर्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेपछि नेता रावल आक्रोशित बनेका थिए ।

    पौडेलले उम्मेदवारी दिन विधानले नै नदिने तर्क गरेपछि रावलले असन्तुष्टि जनाएका थिए । उनले विधानले उम्मेदवारी दिन नपाइने उल्लेख नगरेको भन्दै आफू उम्मेदवारबाट पछि नहट्ने बताएका थिए । रावल रन्किएपछि ईश्वर पोखरेलले सबैले उम्मेदवारी दिन पाइने भन्दै थमथम्याएका थिए । उनले विधान भन्दा दाँयाबायाँ नहुने बताएका थिए ।

    बन्दसत्र चलेको तीन घन्टा बोलेका ओलीले नेताहरूबीच विवाद भएपछि रावललाई सान्त्वना दिँदै महाधिवेशन विधान अनुसार नै हुने बताएका थिए । 'विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो ।

    उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन', ओलीले भने । ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी उम्मेदवारी फिर्ता लिनुहुन्छ भनेका थिए । धेरै आकांक्षी देखिएपछि ओलीलाई सबै नेताहरूको व्यवस्थापनमा समस्या भइरहेको छ ।

    यहीबीच रावलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेसँगै सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना पनि कम रहेको छ । यसका साथै आजको बन्दसत्र सकिएको छ । ओलीले भोली १० बजे सबैलाई उपस्थित हुन निर्देशन दिएका छन् ।

    अब भोलीका कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने छन् । बन्दसत्रले शुक्रबारको केन्द्रीय कमिटीबाट भएको पदाधिकारी थप्ने निर्णय पनि अनुमोदन गरेको छ ।

    शुक्रबारको बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय थियो । बैठकले पोलिटब्युरो ब्युँताउने निर्णयसमेत गरेको थियो ।

    जसमा ९९ जना सदस्य रहनेछन् । गत असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो ।

    मंसिर १२, २०७८ आइतवार ०७:२२:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana