Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

सुनसरीमा शेखर कोइरालाको पत्तासाफ, पूर्वमन्त्रीसहित मै हुँ भन्ने शेखरका मान्छे पछारिए

सुनसरीमा शेखर कोइरालाको पत्तासाफ, पूर्वमन्त्रीसहित मै हुँ भन्ने शेखरका मान्छे पछारिए

नेपाल पाना मंसिर १२ २०७८
  • 19.4K
    SHARES
  • सुनसरीमा शेखर कोइरालाको पत्तासाफ, पूर्वमन्त्रीसहित मै हुँ भन्ने शेखरका मान्छे पछारिए

    काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार शेखर कोइराला आफ्नै क्षेत्रमा असफल ठहरिएका छन् ।

    क्षेत्र तथा जिल्ला अधिवेशनको नतिजा आइरहेका बेला सुनसरीमा शेखरको अवस्था अत्यन्तै कमजोर देखिएको हो । उनका सहयोगी र भित्रियाहरुले एकपछि अर्कोगरी महाधिवेशन प्रतिनिधिको निर्वाचन हारेका छन् ।

    यस जिल्लामा शेरबहादुर देउवा पक्षका महाधिवेशन प्रतिनिधिहरु जितेका छन् । पछिल्लो पटक सुनसरी जिल्लाको क्षेत्र नं ३ बाट पूर्वमन्त्री हरिप्रसाद सापकोटा नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

    पूर्व गृह राज्यमन्त्री सापकोटा सुनसरीमा शेखर कोइरालाका निकट मात्र होइनन् शेखरको राजनीतिक व्यवस्थापनका भित्रिया पनि हुन् । त्यसैगरी सोही जिल्लाको सोही निर्वाचन क्षेत्रबाट गोपाल राजभण्डारीले पनि निर्वाचन हारेका छन् । उनी पनि सुनसरी जिल्लाका जिल्ला समन्वय समिति संयोजक हुन् ।

    उता हिजोमात्र शेखर कोइरालाकै प्रमुख प्रचारक पुरञ्जन आचार्यले पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचन हारेका थिए । उनी नेपाली काँग्रेसको निकट रहेर विश्लेषण गर्ने गर्दछन् र सधैँजसो नै शेरबहादुर देउवाको मात्र विरोध गर्ने गर्दछन् ।

    मंसिर १२, २०७८ आइतवार ०७:२६:२५ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana