Logo

शुक्रवार, माघ ७ गते २०७८

images

अधिवेशनमा गोली चल्यो

अधिवेशनमा गोली चल्यो

नेपालपाना मंसिर १२ २०७८
  • 5.8K
    SHARES
  • अधिवेशनमा गोली चल्यो

    काठमाडौँ। सर्लाहीको बलरामा काँग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेपछि बलरा नगरपालिकाका २ वटा वडाको अधिवेशन रोकिएको छ । 

    बलरा नगरपालिका वडा नम्बर ९ स्थित अचलगढमा वडा अधिवेशनका लागि डाकिएको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेका थिए । 

    उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवादले उग्ररुप लिएपछि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर गरेका हुन् ।

    विवादका कारण बलराको ८ र ९ नम्बर वडामा काँग्रेसको वडा अधिवेशन रोकिएको छ भने अहिले बलराको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

     

    मंसिर १२, २०७८ आइतवार १८:५१:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana