Logo

शुक्रवार, माघ ७ गते २०७८

images

विमलेन्द्र निधी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

विमलेन्द्र निधी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

नेपालपाना मंसिर १२ २०७८
  • 2.7K
    SHARES
  • विमलेन्द्र निधी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

    काठमाडौँ। आइतबार भएको धनुषा निर्वाचन ३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी सर्वसम्मत निर्वाचित भएका छन् ।

    आइतबार भएको धनुषा निर्वाचन ३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधीसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन् ।

    उपसभापति निधी पत्नी अनामिका निधी, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद् शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमीला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

    त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधी सर्वसम्मत निर्वाचित भएका छन् । धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी नै रहेको नेपाली कांग्रेसका युवा नेता परर्फुल घिमिरेले जानकारी दिए ।

    मंसिर १२, २०७८ आइतवार २०:२२:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana