Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

अष्ट्रेलियाले नाका बन्द गर्याे, उड्न लागेका नेपाली पनि रोकिने

अष्ट्रेलियाले नाका बन्द गर्याे, उड्न लागेका नेपाली पनि रोकिने

नेपालपाना मंसिर १३ २०७८
  • 16.1K
    SHARES
  • अष्ट्रेलियाले नाका बन्द गर्याे, उड्न लागेका नेपाली पनि रोकिने

    काठमाडौं। पर्सि (बुधबार)देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने बताएको अस्ट्रेलियामा अझै केही दिने अन्तर्राष्ट्रिय सीमानाका खुला नहुने भएको छ ।

    नयाँ भेरियन्टको कारोना भाइरस फैलिएको भन्दै केहीदिन सीमानाका नखोल्ने अस्ट्रेलिया सरकारले निर्णय गरेको हो । अष्ट्रेलियन नागरिकहरुलाई नै भने सीमामा प्रवेश रोक लगाइने छैन ।

    प्रधानमन्त्री स्कट मरिसनले दुई सता नयाँ कोरोनाबारे अनुसन्धान गर्न भन्दै तत्काल सीमानाका नखोल्ने निर्णय गरेका हुन् ।
     यसअघिको निर्णयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने भनिएको थियो । हालको निर्णयसँगै अष्ट्रेलिया जानलागेका कामदार तथा विद्यार्थीहरुलाई भने असर परेको छ ।

    यसअघिको निर्णले नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु पनि १ तारिखदेखि नै उड्ने तयारीमा थिए । तर अब कम्तिमा पनि डिसेम्बर १५ सम्म अष्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् ।

     

    मंसिर १३, २०७८ सोमवार २०:५१:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana