Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

चुनाव हार्ने भएपछि शेखरको फेरो समातेका अमरेशको अनेक हतकण्डा, कतै मतदान अधिकृत कुट्दै त कतै झडप गराउँदै

चुनाव हार्ने भएपछि शेखरको फेरो समातेका अमरेशको अनेक हतकण्डा, कतै मतदान अधिकृत कुट्दै त कतै झडप गराउँदै

नेपालपाना मंसिर १४ २०७८
  • 15.0K
    SHARES
  • चुनाव हार्ने भएपछि शेखरको फेरो समातेका अमरेशको अनेक हतकण्डा, कतै मतदान अधिकृत कुट्दै त कतै झडप गराउँदै

    सर्लाही । नेपाली कांग्रेस सर्लाहीको अधिवेशनमा पराजित हुने भएपछि शेखर कोइराला निकटका नेता अमरेशकुमार सिंहले उत्पात मच्चाइरहेका छन् । 

    सर्लाहीका जिल्लाका विभिन्न स्थानमा भइरहेका अधिवेशनमा अमरेशकुमार सिंहको ‘ग्याङ’ले औकात देखाइरहेको छ । अमरेशकुमार सिंहको समूहलाई स्थानीय नेता कार्यकर्ताले धुलो चटाउने भएपछि आत्तिएर विभिन्न हर्कत गरिरहेका छन् । सिंहले पार्टीका नेताहरूविरुद्ध समाचार लेखाएर सेयर गरिरहेका छन् । 

    बलरा नगरपालिका–८ गडहियामा अमरेशकुमार सिंहको ग्याङले हर्कत देखाउँदा झडपको स्थिति सिर्जना भएको थियो । अमरेशकुमार सिंहको समूहले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा जबरजस्ती लैजान खोजेको थियो । सभापति शेरबहादुर देउवा समूहले मतदान अधिकृत झाको उद्धार गर्न खोजेको थियो । 

    अमरेशकुमार सिंहको हर्कतले झडपको स्थिति हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । 

    यसअघि आइतबार पनि बलरा–९ अचलगढमा वडा अधिवेशनको क्रममा दुई समूहबीच विवाद भएको थियो । 

    झडपमा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई अमरेशकुमार सिंहले जबरजस्ती बदनाम गर्ने खोजी रहेका छन् । 

    वीरेन्द्र र अमेशरबीच कुरा मिल्दैन । सर्लाहीमा वीरेन्द्रको समूह राजनीतिक रुपमा बलियो छ । अमेशरकुमार सिंह सर्लाहीमा कमजोर छन् । कमजोर भएका कारण शेखर कोइरालाको ग्याङमा मिसिन पुगेका छन् । 

    मन्त्री वीरेन्द्रका अंगरक्षकलाई अमरेश कुमार सिंहले जबरजस्ती विवादमा पार्न खोजेका छन् । अमरेशले जतिनै उपत्पात गरेपनि सर्लाहीबाट बढारिने पक्का छ ।

    मंसिर १४, २०७८ मंगलवार १५:०८:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # डा. अमरेश सिंह

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana