Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

१७ बुँदे घोषणापत्र जारी गर्दै एमाले महाधिवेशन सकियो

१७ बुँदे घोषणापत्र जारी गर्दै एमाले महाधिवेशन सकियो

नेपालपाना मंसिर १४ २०७८
  • 2.6K
    SHARES
  • १७ बुँदे घोषणापत्र जारी गर्दै एमाले महाधिवेशन सकियो

    चितवन। १७ बुँदे घोषणापत्र जारी गर्दै  चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । 

    सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बिएर सकिएको हो ।

    घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ ।

    घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ । महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । पदाधिकारी १९ जना रहेका छन् ।

    सबै पदहरुमा ओली निकटै नेता निर्वाचित भएका छन् । ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आर्चा र टंक कार्की पराजित भएका छन् । निर्वाचन आयोगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेको छैन ।

    मंसिर १४, २०७८ मंगलवार १९:२३:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana