Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

नजिकियो ओमिक्रोन जापानमा पनि भेटियो

नजिकियो ओमिक्रोन जापानमा पनि भेटियो

नेपालपाना मंसिर १४ २०७८
  • 2.4K
    SHARES
  • नजिकियो ओमिक्रोन जापानमा पनि भेटियो

    काठमाडौँ। जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका छन् । यसँसगै कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन जापानमा पनि फैलिएको हो ।

    गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् ।

    अधिकारीका अनुसार ओमिक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिवियाबाट जापान आएका हुन । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो ।

     त्यही भाइरस अहिले अन्य विभिन्न देशमा पनि देखिन थालेको छ । यसअघिको कोरोनाभाइरसभन्दा घातक यस ओमिक्रोनका कारण अहिले फेरि विश्वभरी त्रास छाएको छ ।

    मंसिर १४, २०७८ मंगलवार १९:४५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana