Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

प्रदेश १ देउवाले तोडे पौडेल-कोइराला परिवारको वर्चश्व, उछिन्दै अघि बढ्यो संस्थापन समूह

प्रदेश १ देउवाले तोडे पौडेल-कोइराला परिवारको वर्चश्व, उछिन्दै अघि बढ्यो संस्थापन समूह

नेपालपाना मंसिर १५ २०७८
  • 11.1K
    SHARES
  • प्रदेश १ देउवाले तोडे पौडेल-कोइराला परिवारको वर्चश्व, उछिन्दै अघि बढ्यो संस्थापन समूह

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जिल्ला सभापतिमा वर्चश्व कायम गरेको संस्थापन अर्थात शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेल र कोइराला परिवारको गढ मानिने प्रदेश १ मा उल्लेख्य सफलता हात पारेको छ । 

    देउवा समूहले पौडेल र कोइराला भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्दै गढ ढालेको हो । कोइराला परिवारको विरासत रहेको मोरङमा पनि देउवा समूहबाट बढी महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।

    अघिल्लो महाधिवेशनमा प्रदेश १ का २ जिल्लामात्र हात पारेको देउवा समूहले यसपालि ६ जिल्ला जितेर रेकर्ड कायम गरेको छ । पौडेल कोइराला समूह ४ जिल्लामा खुम्चिएको छ । ३ जिल्लाको अधिवेशन हुन बाँकी छ । 

    प्रदेश १ मा प्रदेशस्तरीय चुनावमा देउवा र कृष्ण सिटौला पक्षबीच सहकार्य हुँदैछ । जसले पौडेल कोइराला परिवारको वर्चश्व थप गुम्ने निश्चित छ । 

    पूर्वमा चुनाव भएका जिल्लाबाट चुनिएका देउवानिकट जिल्ला सभापतिमा गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, रूपनारायण जबेगु पाँचथर, तेजेन्द्र खनाल ओखलढुङ्गा, डम्बर खड्का इलाम, हिमाल कार्की उदयपुर रहेका छन् ।

    मंसिर १५, २०७८ बुधवार ०८:५२:४० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana