Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

कांग्रेस महाधिवेशन : सबैभन्दा बढी मतदाता संस्थापन पक्षमा, सिटौलाको साथ पनि देउवालाई नै, पौडेल समूह गुल्टिने निश्चित

कांग्रेस महाधिवेशन : सबैभन्दा बढी मतदाता संस्थापन पक्षमा, सिटौलाको साथ पनि देउवालाई नै, पौडेल समूह गुल्टिने निश्चित

नेपाल पाना मंसिर १५ २०७८
  • 4.6K
    SHARES
  • कांग्रेस महाधिवेशन : सबैभन्दा बढी मतदाता संस्थापन पक्षमा, सिटौलाको साथ पनि देउवालाई नै, पौडेल समूह गुल्टिने निश्चित

    काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनमा संस्थापन अर्थात शेरबहादुर देउवा समूह बलियो देखिएको छ ।

    नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सहभागी हुने प्रतिनिधि अर्थात भोटर सबैभन्दा धेरै देउवा समूहको देखिएको छ । त्यसैगरी तेस्रो धारका रुपमा रहेका कृष्ण सिटौलाका पनि महाधिवेशन केन्द्रीय प्रतिनिधि धेरै आएका छन् । देउवा र सिटौलाबीच गठबन्धन हुने तय भइसकेको छ ।

    यस्तोमा छिन्नभिन्न रामचन्द्र पौडेल समूह नेतृत्वमा गुल्टिने सम्भावना बढेको छ ।

    पछिल्ला परिणामअनुसार ६ प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र लुम्बिनी, गण्डकीमा देउवा बलियो देखिएका छन् भने प्रदेश १, बाग्मतीमा पौडेल समूह बलियो छ ।

    ६७ जिल्लाबाट प्रतिनिधि चुनिँदा ४० भन्दा बढी जिल्लामा पकड देउवा समूहको छ । अब प्रदेश २ का ८ जिल्ला र धनकुटा तथा रसुवामा प्रतिनिधि चयन हुन बाँकी छ । यी १० जिल्ला नै नेतृत्व चयनमा निर्णायक बन्ने देखिएको छ ।

    त्यसो त जिल्ला सभापतिमा पनि देउवा समूह बलियो देखिएको छ । हालसम्म अधिवेशन सम्पन्न भई सभापति चुनिएको ६२ जिल्लाको नतिजामा ३२ जिल्लामा संस्थापन पक्षीय सभापतिहरू विजयी भएका छन् ।

    सिटौला समूहका तीनजना सभापतिमा निर्वाचित भएका छन् । सिटौला देउवासँगै मिल्ने भएपछि ३५ जिल्लामा पकड हुने भएको छ ।

    मंसिर १५, २०७८ बुधवार १४:१६:२४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana