Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

देउवाका प्रिय उदयशमशेर राणाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

देउवाका प्रिय उदयशमशेर राणाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल पाना मंसिर १५ २०७८
  • 2.1K
    SHARES
  • देउवाका प्रिय उदयशमशेर राणाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उदयशमशेर राणाले आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    सभापति शेरबहादुर देउवाका प्रिय एवं पारिवारिक सम्बन्ध भएका पूर्वमन्त्री राणाले संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    नेपाल तरुण दलका पूर्वअध्यक्ष राणा १३औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा असफल भएका थिए । आफ्नो उम्मेदवारीको एजेण्डामा राणाले महाधिवेशन हुनुभन्दा २ वर्ष अगावै क्रियाशील सदस्यता नवीकरण, वितरण टुंग्याउन पहल गर्ने र जसले महाधिवेशनको मुखैमा सदस्यता नवीकरण र वितरण गर्दा पार्टीमा हुने विवाद हल हुने धारणा राखेका छन् ।

    अमेरिकामा शिक्षा लिएका राणाले पार्टी र लोकतन्त्रलाई योगदान पुर्याउन आफू अघि सरेको बताए । युवाले मागेर होइन जितेरै पदमा पुग्नुपर्ने उनको मान्यता छ ।

    मंसिर १५, २०७८ बुधवार १४:३८:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उदयशमशेर राणा

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana