Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

काँग्रेस सोलुखुम्बु सभापतिमा नाम्गेल जाङ्बु शेर्पा

काँग्रेस सोलुखुम्बु सभापतिमा नाम्गेल जाङ्बु शेर्पा

नेपालपाना मंसिर १५ २०७८
  • 1.6K
    SHARES
  • काँग्रेस सोलुखुम्बु सभापतिमा नाम्गेल जाङ्बु शेर्पा

    काठमाडौँ। नेपाली काँग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् ।  उनले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

    मङ्सिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारले काँग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन मङ्गलबार भएको थियो । कूल ८९७ मत खसेकोमा सोलु दूधकुण्ड नगरपालिकाका प्रमुखसमेत रहनुभएका शेर्पाले ५१३ र बस्नेतले ४७१ मत प्राप्त गरेका थिए ।

    पहिलो चरणको निर्वाचनमा ८८२ मत खस्दा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत प्राप्त गरेका थिए भने सभापति पदका अर्का उम्मेदवार रामबहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए । अघिल्लो मत परिणाम अनुसार १० मत अन्तरले अगाडि रहेका बस्नेत दोस्रो चरणको निर्वाचनमा भने १४२ मत अन्तरले हार बेहोरेका छन् ।



    मंसिर १५, २०७८ बुधवार १८:३९:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana