Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

भारतबाट झन्डै १० लाख डोज खोप आउदै

भारतबाट झन्डै १० लाख डोज खोप आउदै

नेपालपाना मंसिर १५ २०७८
  • 2.8K
    SHARES
  • भारतबाट झन्डै १० लाख डोज खोप आउदै

    काठमाडौँ। कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो ।  स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए ।  

    यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप आउने उनले बताए । उनले नियमित रुपमा खोप आइरहेको बताए । सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ । 

    यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ । अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखा प्रमुख ढुङ्गानाले जानकारी दिए । यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उनका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ ।

     

    मंसिर १५, २०७८ बुधवार १८:४३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काेराेना खाेप

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana