Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

साउदीमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

साउदीमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

नेपालपाना मंसिर १५ २०७८
  • 1.9K
    SHARES
  • साउदीमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

    काठमाडौँ। खाडी मुलुक साउदी अरबमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । सरकारी समाचार माध्यम साउदी प्रेस एजेन्सीले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एक व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको हो ।

    उत्तरी अफ्रिकाबाट फर्किएका एक साउदी नागरिकमा संक्रमण पुष्टि भएको समाचारमा उल्लेख छ । तर उनी कुन मुलुकबाट फर्किएको भनेर समाचारमा केही खुलाइएको छैन । हाल संक्रमित व्यक्तिसहित उनको सम्पर्कमा आएका मानिसलाई आइसोलेशनमा राखिएको छ ।

    हालसम्म ओमिक्रोन भेरियन्ट २२ मुलुकमा फैलिएको छ ।

    मंसिर १५, २०७८ बुधवार १८:४८:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana