Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

कट्रिना र बिक्कीको विहेकाे निम्ताे पाए सलमानले

कट्रिना र बिक्कीको विहेकाे निम्ताे पाए सलमानले

नेपालपाना मंसिर १५ २०७८
  • 3.0K
    SHARES
  • कट्रिना र बिक्कीको विहेकाे निम्ताे पाए सलमानले

    काठमाडौँ। कुनै बेला सलमान खान र कट्रिना कैफबीच प्रेमको चर्चा चलेको थियो । तर, अहिले बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कैफको विवाह यसै महिना हुँदैछ।

    टाइम्स अफ इन्डियाका अनुसार उनीहरुको विवाहमा बलिउड स्टार सलमान खानलाई निम्तो पठाइएको छ। अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै विक्की र कट्रिनाले आफ्नो बिहेमा थोरै पाहुनालाई मात्र बोलाउने पनि समाचारमा जनाइएको छ। खबरअनुसार बिहेको कार्यक्रम भारतको राजस्थानस्थित रोयल प्यालेस ‘सिक्स सेन्सेस फोर्ट बर्बारा’ मा भव्य रुपमा आयोजना हुनेछ।

    आफ्नो विवाहको दिनमा यो जोडीले सलमान खान, आलिया भट्ट, करण जोहर र बोस्को मार्टिस लगायत चर्चित कलाकारलाई बोलाइसकेका छन्।

    यद्यपी सलमान खानले उनीहरुको विवाह छुटाउन सक्नेछन्। उनीहरुको बिहेको समयमा सलमानको रियादमा कार्यक्रम छ।

    मंसिर १५, २०७८ बुधवार १८:५५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana