Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

कांग्रेस बाग्मतीमा ईन्द्र बानियाँद्वारा उम्मेदवारी घोषणा

कांग्रेस बाग्मतीमा ईन्द्र बानियाँद्वारा उम्मेदवारी घोषणा

नेपालपाना मंसिर १५ २०७८
  • 1.6K
    SHARES
  • कांग्रेस बाग्मतीमा ईन्द्र बानियाँद्वारा उम्मेदवारी घोषणा

    काठमाडौं। नेपाली कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । 

    नेता बानियाँले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

    उनको उम्मेदवारीको प्रस्तावमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा रहेका छन् ।

     बानियाँले बाग्मती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।उनले बाग्मती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताए ।

    बानियाँले बाग्मती प्रदेशमा कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी भएको र अझै आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने पनि बताए । 

    मंसिर १५, २०७८ बुधवार १९:१२:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana