Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

बाजुरा विमानस्थलमा यात्रुले किन धकेले जहाज ?

बाजुरा विमानस्थलमा यात्रुले किन धकेले जहाज ?

नेपालपाना मंसिर १५ २०७८
  • 3.3K
    SHARES
  • बाजुरा विमानस्थलमा यात्रुले किन धकेले जहाज ?

    काठमाडौं। बुधबार बाजुरा विमानस्थलमा यात्रुहरुले तारा एयरको ९ एन–एभीई जहाज धकेलेको भिडियो यतिबेला चर्चामा छ। चार पांग्रे गाडी धकेलेको दृष्ण् देखिए पनि जहाज नै धकेलेको दृष्य हुँदा यो चर्चामा रहेको हो ।

    यात्रुले जहाज धकेल्नुको कारण भने वास्तवीक र सामान्य छ । हुम्लाको सिमकोटबाट बाजुरा विमानस्थलमा सो जहाज अवतरण भएर धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको थियो । 

    ट्याक्सी–वे अवरुद्ध हुँदा अर्काे जहाजबाट नेपालगञ्ज जानयात्रुहरु प्रतीक्षारत थिए । त्यसैले यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाएका हुन्।

    अहिले तारा एयरको अर्को जहाजमार्फत टायर र इन्जिनियर लगेर ती दुवै जहाज नेपालगन्ज आइपुगिसकेका छन् ।

    मंसिर १५, २०७८ बुधवार १९:४६:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जहाज

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana