Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

राजनीतिमा होमिइन् रेखा थापा, राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने

राजनीतिमा होमिइन् रेखा थापा, राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने

नेपालपाना मंसिर १५ २०७८
  • 1.9K
    SHARES
  • राजनीतिमा होमिइन् रेखा थापा, राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन बुधबार (आज)बाट काठमाडौंमा सुरु भएको छ । स्रोतलाई विश्वास गर्ने हो भने अभिनेत्री रेखा थापाले राजेन्द्र लिङ्देन प्यानलबाट पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । 

    लिङ्देन प्यानलबाट महामन्त्री पदका लागि अभिनेत्री रेखासँगै गोविन्द खनिया र धवलशम्शेर राणाको पनि चर्चा छ । राप्रपाको विधानअनुसार महामन्त्रीमा १ महिलासहित ३ जना निर्वाचन गर्ने प्रावधान छ, सोही विधानअनुसार नै अभिनेत्री रेखाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने जानकारी गराइएको छ ।

    लिङ्देजन प्यानलबाट उपाध्यक्ष पदका लागि जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सिनाको नाम चर्चामा छ । यसका साथै कमल थापा प्यानलबाट महामन्त्री पदका लागि कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन् ।

    मंसिर १५, २०७८ बुधवार २०:५०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana