Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

कांग्रेस सर्लाहीको महाधिवेशन शुक्रबार

कांग्रेस सर्लाहीको महाधिवेशन शुक्रबार

नेपालपाना मंसिर १५ २०७८
  • 2.0K
    SHARES
  • कांग्रेस सर्लाहीको महाधिवेशन शुक्रबार

    सर्लाही। कांग्रेसको १४औँ महाधिवेशनको क्रममा सर्लाहीमा भएको विवाद संस्थापन र संस्थापन ईतर पक्षको वार्ता भएपछि समाधन भएको छ ।

    लालबन्दी नगरपालिका ९ को होटल यूनाइटेड ईन्मा बुधबार दिनभर भएको वार्ताले विवाद समाधन गरी क्षेत्र नं १ को बयलवास, क्षेत्र नं २ को मलंगवास्थित कृष्णामति मा वि, क्षेत्र नं ३ को बरहथवास्थित पार्टी कार्यालय र क्षेत्र नं ४ को गोडैता नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय रामवनमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने निर्णय गरेको कांग्रेस निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए ।

    उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सुक्रवार एकैदिन गर्ने निर्णय भएको छ ।

    यस्तै, विवाद भएर स्थगित भएका र उजुरी परेका वडाहरुमा अधिवेशन गराउन निर्वाचन अधिकृत राउतकै संयोजकत्वमा जिल्ला सभापति नागेन्द्र कुमार राय (संस्थापन पक्ष)को तर्फबाट सुरेन्द्र कुमार न्यौपाने र पूर्व जिल्ला सभापति लक्ष्मण राय (संस्थापन ईतर)को तर्फबाट कौशल किशोर राय सदस्य रहने गरी ३ सदस्यीय समन्वय समिति गठन गरिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।

    मंसिर १५, २०७८ बुधवार २१:००:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana