Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

राप्रपा महाधिवेश : यस्तो छ थापा र लिङदेनको टिम, को बलियो ?

राप्रपा महाधिवेश : यस्तो छ थापा र लिङदेनको टिम, को बलियो ?

नेपालपाना मंसिर १६ २०७८
  • 4.0K
    SHARES
  • राप्रपा महाधिवेश : यस्तो छ थापा र लिङदेनको टिम, को बलियो ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । नेतृत्वमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने निश्चित छ । 

    नेतृत्वमा ४६ सय प्रतिनिधिले मतदान गर्ने राप्रपामा थापाको देशभर संगठनमा पकड छ । सांसद लिङ्देन भने प्यानल बनाएर पहिलोपटक नेतृत्वको दौडमा छन् 

    राप्रपाको विधानअनुसार एक अध्यक्ष, महिलासहित ४ उपाध्यक्ष, महिलासहित ३ महामन्त्री गरी ८ पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । सहमहामन्त्री, सहायक महामन्त्री, कोषाध्यक्ष र प्रवक्तालाई केन्द्रीय समितिले मनोनित गर्ने व्यवस्था छ ।

    टिममा को को ?

    कमल थापाको पक्षबाट उपाध्यक्षमा निर्माण व्यवसायीसमेत रहेका चितवनका विक्रम पाण्डे, बुद्धिमान तामाङ, जयन्त चन्द (लोकेन्द्रबहादुर चन्दका छोरा) र रोशन कार्की (महिला) छन्। यसैगरी महामन्त्रीमा भुवन पाठक, कुन्ती शाही र ध्रुवबहादुर प्रधान उम्मेदवारी दिने तयारीमा छन् । 

    यस्तै लिङ्देनले प्यानलमा महामन्त्रीमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर जबरा, अभिनेत्री रेखा थापा, जगत गौचन र रामचन्द्र राय यादव चर्चामा छन् । लिङ्देनलाई अध्यक्षमा प्रकाशचन्द्र लोहनी, धवल शमशेर जबरा र पशुपति शमशेर जबराको साथ रहने बताइएको छ ।

    तर राप्रपा भनेकै कमल थापा र कमल थापा भनेकै राप्रपाको अवस्थामा लिङ्देनको नेतृत्वमा आउने सम्भावना न्यून रहेको प्रतिनिधिहरु बताउँछन् । फेरि कमल थापा नै राप्रपा बलियो बनाउन आउनुपर्ने मत बलियो छ ।

    मंसिर १६, २०७८ बिहिवार १०:५५:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • # रजेनद्र लिङ्दन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana