Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

देउवा सरकारले बढायो रफ्तार: अब दैनिक २ लाखलाई कोरोना खोप

देउवा सरकारले बढायो रफ्तार: अब दैनिक २ लाखलाई कोरोना खोप

नेपालपाना मंसिर १६ २०७८
  • 3.1K
    SHARES
  • देउवा सरकारले बढायो रफ्तार: अब दैनिक २ लाखलाई कोरोना खोप

    काठमाडौं। सरकारले अब कोभिड–१९ विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउन निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

    कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने प्रतिबद्धता भए अनुरुप प्रतिदिन न्यूनत्तम २ लाख जनालाई अनिवार्य रुपमा खोप लगाउने व्यवसथा मिलाउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको हो ।

    हालसम्म नेपालमा कुल जनसंख्याको २८.२ प्रतिशतलाई पूर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले एकै दिन ३ लाख जनासम्मलाई समेत खोप लगाएको विवरण सार्वजनीक गरेको छ ।

    मंसिर १६, २०७८ बिहिवार १९:१३:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काेराेना खाेप

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana