Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

निषेधाज्ञाको मार्गमा सरकार, आजदेखि हङकङसहित यी ९ देशबाट नेपाल आउन नपाइने

निषेधाज्ञाको मार्गमा सरकार, आजदेखि हङकङसहित यी ९ देशबाट नेपाल आउन नपाइने

नेपालपाना मंसिर १६ २०७८
  • 7.1K
    SHARES
  • निषेधाज्ञाको मार्गमा सरकार, आजदेखि हङकङसहित यी ९ देशबाट नेपाल आउन नपाइने

    काठमाडौँ। सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रीपरिषद् बैठकले हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो ।

    सरकारको यो निर्णय आज बिहीबार राति १२ बजेबाट लागु हुनेछ।  यी देश ट्रान्जिट बनाएर नेपाल आउनेलाई पनि रोक लगाइने भएको छ। यो आदेश जारी हुँदाका बखत ट्रान्जिटमा रहेका सबै यात्रुले नेपाल आएपछि आफ्नै खर्चमा अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने छ। 

    यी देश बाहेकबाट आउनेको हकमा संक्रमणको अवस्थाको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई गराउने छ।

    मंसिर १६, २०७८ बिहिवार २०:१४:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend