Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

कांग्रेस-एमालेलाई माओवादीको टक्कर, पार्टी सदस्य ८ लाख हाराहारी

कांग्रेस-एमालेलाई माओवादीको टक्कर, पार्टी सदस्य ८ लाख हाराहारी

नेपालपाना मंसिर १६ २०७८
  • 2.4K
    SHARES
  • कांग्रेस-एमालेलाई माओवादीको टक्कर, पार्टी सदस्य ८ लाख हाराहारी

    काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी सदस्य संख्या ८ लाख पुग्ने दाबी गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीले यस्तो दाबी गरेको हो ।

    माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

    महराले भनेका छन्, ‘स्थायी कमिटीको बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ । बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै महराले पार्टी सदस्यता संख्या ७ लाख ६ हजार ५ सय पुगेको बताए ।

    कतिपय सदस्यको इन्ट्री हुन बाँकी रहेकाले सदस्यता संख्या ८ लाख पुग्ने महाराले दाबी गरे । त्यस्तै, मंसिर २५ गते सातवटै प्रदेश कमिटीको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहालले २५ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको

    नेपाली कांग्रेस र एमालेको सक्रिय सदस्य संख्या समेत नौ दशलाखको हारहारीमा रहेका बेला माओवादी केन्द्रले समेत झन्डै बराबरी आकंडाको सदस्य रहेको दाबी गरेको हो ।

    मंसिर १६, २०७८ बिहिवार २०:२३:४७ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana