Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

अग्रजको योगदान सम्झेर काँग्रेसलाई सुदृढ बनाउनु पर्छ : प्रधानमन्त्री देउवा

अग्रजको योगदान सम्झेर काँग्रेसलाई सुदृढ बनाउनु पर्छ : प्रधानमन्त्री देउवा

नेपालपाना मंसिर १६ २०७८
  • 2.4K
    SHARES
  • अग्रजको योगदान सम्झेर काँग्रेसलाई सुदृढ बनाउनु पर्छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सुदृढ र बलियो बनाउन लाग्नुपर्ने बताएका छन् । उनले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

    काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबारदेखि प्रदेशहरूमा पहिलोपटक प्रदेश अधिवेशन शुरु भएको छ । प्रधानमन्त्री देउवाले भने, “मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले काँग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।”

    लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाहरूमा श्रदाञ्जलि अर्पण गर्दै उनले जननायक बिपी कोइरालाले छाडेर जानुभएको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर अब सबैले काँग्रेसलाई सुदृढ र बलियो बनाउन लाग्नुपर्ने बताए ।

    मंसिर १६, २०७८ बिहिवार २०:२९:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana